काभ्रेपलान्चोकमा सुमो दुर्घटना, १० घाइते
तीनको अवस्था गम्भीर
काभ्रेपलाञ्चोक | बैशाख १२, २०८१
बनेपा: काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदैगरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
सुमो सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

